नेवा पुचः मेलबर्नले अगष्ट २९ तारिख गाईजात्रा मनाउने

अष्ट्रेलियामा नेपालको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले नेवा पुचः मेलबर्नले दोस्रो पटक गाईजात्रा मनाउने भएको छ ।

गत वर्षबाट सुरु भएको गाईजात्राको उत्सव यस पटक भने अझ विस्तृत र भव्य रुपमा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको हातामा आयोजना गर्ने तयारी छ ।

गाईजात्रा शनिबार, २९ अगस्ट २०२६ मा मेलबर्नको डिगर्स रेस्टस्थित अष्ट्रेलिया नेप्लीज मल्टिकल्चरल सेन्टरमा आयोजना हुनेछ । कार्यक्रम दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ भने निःशुल्क पार्किङको समेत व्यवस्थाछ।

गत वर्ष पहिलोपटक आयोजना गरिएको गाईजात्राको सफलतापछि यस वर्ष दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। नेवा पुनः मेलबर्नका अनुसार गाईजात्रालाई नेवार समुदायमा मात्र सीमित नराखी अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली तथा नेवार संस्कृति, कला र परम्पराको रुपमा परिचय गराउने उद्देश्य छ ।

गाईजात्रा काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण तथा परम्परागत पर्व हो । तर, अहिले काठमाडौं उपत्यकासहित नेपालका विभिन्न अन्य ठाउँमा र विदेशमा पनि गाईजात्रा हुने गर्दछ ।
गाईजात्रा २०२६ मा परम्परागत घिन्ताङ घिसी नाच, सांगीतिक प्रस्तुति, मौलिक नेवारी परिकार, सांस्कृतिक प्रदर्शनी तथा परिवारमैत्री विभिन्न गतिविधि हुनेछन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर