‘गौँथली’ को कमाइ १९ करोड ७१ लाख

काठमाडौँ । फिल्म ‘गौँथली’ ले बक्स अफिसमा १९ करोड ७१ बढी व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डले आइतबार राति दश बजेसम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी १९ करोड, ७१ लाख ६ हजार ५ रुपैयाँ ग्रस रहेको छ । फिल्मलाई यस अवधिमा अवधिमा ७ लाख १५ हजार १९८ जनाले हरेका छन् ।

साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ । फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा.कपिल रिजालले निर्देशन गरेका हुन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने पहिलो फिल्म बनेको छ ।

सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २०० भन्दा माथि शो पाइसकेको छ । अधिकांश शो मा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर