लिमासोल, साइप्रस । राष्ट्रिय विश्वकर्मा समाज, शाखा साइप्रसको ऐतिहासिक पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। आइतबार लिमासोलस्थित मोलस पार्कमा शाखाको ऐतिहासिक पहिलो अधिवेशन भव्य रूपमा सम्पन्न गएिको हो ।
अधिवेशनले अध्यक्षमा बिनोद सुनारलाई चयन गरेको छ। यसैगरी, समितिको वरिष्ठ उपाध्यक्षमा समीक्षा विश्वकर्मा, उपाध्यक्षमा बिबा विश्वकर्मा, महासचिवमा सन्देश वि.क., सचिवमा उमा विश्वकर्मा र सहसचिवमा भीम विश्वकर्मा चयन हुनुभएको छ। त्यस्तै, होमकुमारी विश्वकर्मा कोषाध्यक्ष, राजु विश्वकर्मा सहकोषाध्यक्ष,साथै प्रिन्स सुनार र मनिषा विश्वकर्मा (जास्मिन) संयोजकमा चयन हुनुभएको छ। संगम सेनचुरीलाई भने सल्लाहकारको जिम्मेवारी दिइएको छ।
“आउनुहोस्, एकजुट होऔं, समाजको विकासमा योगदान गरौं” भन्ने मूल सन्देशका साथ सम्पन्न अधिवेशनलाई साइप्रसमा रहेका विश्वकर्मा समुदायको संगठनात्मक यात्राको महत्वपूर्ण सुरुआतका रूपमा लिइएको छ। विश्वकर्मा समुदायबीच एकता, सहकार्य, सामाजिक सेवा तथा समुदायको सशक्तीकरण गर्ने उद्देश्यले आयोजित अधिवेशनमा साइप्रसमा रहेका विश्वकर्मा समुदायका ५५ जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विश्वकर्मा समुदायसँगै अन्य विभिन्न जातजातिका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।
राष्ट्रिय गान बजाएर सुरुआत गरिएको कार्यक्रमको सञ्चालन भने मनिषा विश्वकर्मा ९जास्मिन० ले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले समुदायको हकहित, आपसी सहयोग र एकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। विदेशमा रहेर पनि आफ्नो समुदाय, भाषा, संस्कृति र पहिचानको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। साथै विभिन्न जातजाति तथा समुदायबीचको आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउँदै साइप्रसमा नेपाली समुदायको एकतालाई थप बलियो बनाउनुपर्ने उनीहरुको धारणा थियो।
कार्यक्रममा गरिमा सिपाइली, सावित्रा वि.क., श्याम वि.क., पर्सना वि.क., विष्णु सुनार, सम्झना सुनार, रितु वि.क, अञ्जुला लुहार, मनिका वि.क., रमिला विश्वकर्मा, अनिल बराइली, मदन दर्नाल, विजय वि.क., चुडाराज रसाइली, इन्द्रकला दर्नाल, अर्जुन वि.क., सानु वि.क., ध्रुवकुमार गडाल, प्रतिज्ञा वि.क. र पवित्र गडाल लगायतको सहभागिता रहेको थियो।
नवनिर्वाचित कार्यसमितिले विश्वकर्मा समुदायको सामाजिक तथा आर्थिक उत्थान, आपसी सहयोग र मानवीय सेवाका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत संस्थाले योगदान पुर्याउने बताइएको छ।