एनएसओ चाईनाको सम्पर्क कार्यालय उद्घाटन

काठमाडौंको बुढानीलकण्ठमा एनएसओ चाईनाको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच सहकार्य, समन्वय र संगठनात्मक गतिविधिलाई व्यव्यस्तीत बनाउने उद्देश्यले स्थापना गरिएको हो ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एनएसओ चाईनाका संस्थापक अध्यक्ष मनोज भट्टले नेपालबाट चीनमा अध्ययन गर्न जाने विद्यार्थी तथा चीनमा अध्ययनरत नेपाली विद्यार्थीबीच समन्वय र सहकार्यका लागि प्रभावकारी संस्था आवश्यक महसुस गरी एनएसओ चाईनाको स्थापना गरिएको बताए ।

अध्यक्ष भट्टले चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक सहयोग, समन्वय तथा विभिन्न गतिविधिमा सहजीकरण गर्ने संस्थाको उद्देश्य रहेको स्पष्ट पारे ।

उनले नेपालबाट ठूलो खर्च गरेर टाढाका युरोप तथा अमेरिका जानुभन्दा नजिकै रहेको चीनको शैक्षिक अवसरलाई पनि नेपाली विद्यार्थीले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए । ‘चीन अहिले विश्वका विभिन्न क्षेत्रमा अग्रणी राष्ट्रका रूपमा अघि बढिरहेको छ। त्यसैले नेपाली विद्यार्थी चीन जान हिच्किचाउनु हुँदैन’, भट्टले भने ।

चीनमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरिरहनुभएका भट्टले एनएसओ चाईना मार्फत नेपाली विद्यार्थीलाई अध्ययन तथा अन्य क्षेत्रमा सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि गरेका व्यक्तिहरू तथा चीनमा अध्ययन गरेका र अध्ययनरत नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच समन्वय र सहकार्य बढाउन यस्तो संस्था आवश्यक रहेको धारणा व्यक्त गर्दै एनएसओ चाईनाको आगामी यात्राका लागि शुभकामना दिएका थिए।

एनएसओ चाईनाले आगामी दिनमा नेपाल तथा चीनमा रहेका नेपाली विद्यार्थी र युवाबीच सम्बन्ध विस्तार गर्दै शैक्षिक, व्यावसायिक तथा सामाजिक क्षेत्रमा सहकार्यका गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर