पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक रूपमा जनश्रमदानमार्फत अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
नारायणी नदीमा पानीको बहाव बढ्दै गाउँ बस्तीमा डुबान र कटानको जोखिम बढेपछि बस्तीमा पस्न नदिन स्थानीय बोरामा बालुवा तथा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका हुन् ।
सुस्ता गाउँपालिका– ५ को सुस्ता थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको क्षेत्रमा बुधबारदेखि स्थानीयवासी र सेना, प्रहरी र सशस्त्र प्रहरीको सामूहिक रूपमा तटबन्ध निर्माणमा खटिएका छन् । बोरामा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।