सुनको भाउ एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो

आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा ११० रुपैयाँले बढेर तोलाको ४ हजार ७८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ६७० रुपैयाँ रहेको थियो ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर