काठमाडौँ । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन ुनेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सु (नाट्टा) को नयाँ नेतृत्व चयन भएको छ। सोल्टी होटलमा सम्पन्न ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका हुन्।
त्रिपक्षीय प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे। एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ।
निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा सुनिल शर्माले २५१ मत ल्याएर जित हासिल गरे। उनले विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गरेका हुन्
त्यस्तै, उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मतका साथ विजयी भइन्। महासचिवमा राजकुमार देवकोटाले १५८ मत प्राप्त गरी जित सुनिश्चित गरे भने सचिवमा १९५ मतका साथ रमेश पराजुली निर्वाचित भए।
क्जष्खबm ऋझभलत
कोषाध्यक्ष पदमा डिकी शेर्पाले २०८ मत ल्याएर विजयी भइन्। सह–सचिवरसह–कोषाध्यक्ष पदमा भने १६६ मतका साथ जीवन कोइराला निर्वाचित भएका छन्।