बुवालाइ सम्झना

फेसबुक , इन्स्टा ,ट्विटर सबैतिर आफ्नो अनी बुवाको तस्विरले भरिएका छन | सबैले बुवाप्रतिको माया अनी सदभावलाई क्याप्सनमा पोख्ने प्रयास गरेका छन | नेपालदेखि टाढा छु ,उच्च शिक्षाका लागि यहाँ आएको पनि दुई वर्ष बितिसकेछ | बुवाको मुख हेर्ने दिन , मेरा लागि पनि विशेष छ | बाल्कोनिमा गए , हातमा कफी लिए , क्षितिजपारी डुब्न लागेको घामले फेरी मेरो विगतलाई एकपल्ट आँखाको पर्दा अगाडि ल्यायो |

म त्यो मान्छेहरुमध्य एक हुँ , जसको जन्म कसरी भयो , बुवा-आमा को हुन ? नाम के हो ? थारा के हो ? सबै प्रश्नहरुको उत्तर दिन  बालिका थिए म । कस्ता थिए मेरा बुवा , कस्ता थिए मेरा आमा ? कस्तो विवशता थियो ? मलाई जन्म दिएर पनि आफ्नो छोरा भनेर स्विकार गर्न नसक्ने | मैले जब यो धर्तिमा पाइला राखे , अक्सर अरुले आफ्नो आमाको काख अनी सामिप्यता पाउछन तर मेरो त्यसो भएन , म त जन्मिने बित्तिकै फ्याकिएछु , सुनसान झाडिमा |

आमाको कोखभित्रको त्यो न्यानोपनमा रमाउदै गरेको म अबोध बालिका , जब संसार हेर्न बाहिरी दुनियाँमा आउछु , त्यतिबेला झाडिमा फ्याकिदा मलाई कती जाडो भयो होला ? मलाई झाडिका ति काडाहरुले मेरा कोमल शरिरमा कती घोचे होलान ? म नबुझ्ने नै भए पनि मेरो अर्धचेतन मनले कती आमाको काख खोजे होलान कती पटक आमाको स्तनपान खोजे होला ?

म के नै गर्न सक्थे र ? तिनै पिडाहरुलाई शायद जोर जोरले चिच्याएर काम गर्ने प्रयास गरिरहेको थिए होला , म रोएको देखेर बाटो हिंड्ने बटुवाले सुनेछन | केहीबेरमा मानिसको भिड जम्मा भयो , प्रहरी पनि आए | दया देखाउने हरुको कमी भएन | म शायद बुझ्ने हुदो हुँ त शायद यस्तै भन्दै गरेको सुन्थे होला “कस्ती निशठुरी मनकी रहिछे यसकी आमा , कसरी चाडन सकेकी होला , यती राम्री छोरीलाई ” ? “कुन चाँही नाठोको भुँडी बोकेकी थीइ कुन्नी ” ? ” विचरि , आमाको दुध पनि खान पाउदिन , अब मर्छे यो त ” !

भिड समस्याको समाधान होइन तर भिड भित्रै समस्याको समाधानको बाटो चाँही हुन्छ | प्रहरिले तत्कालै मुचुल्काहरु उठायो । मलाई भने बाल गृह पठाइएछ ।

त्यहा सबैभन्दा पहिले मेरो नाम दिने काम भयो , पुष्पा । जसरी , मेरो नाम एउटा फुल सँग जोडेर राखियो , त्यसरी नै फुललाई मालिले हेरचाह गरेझै मलाई हुर्काउन , बढाउन मेरो बाल गृहका बाबा-आमाले गर्नुभयो |

मलाई सानोको त्यती धेरै यादहरु त छैन | तर जती यादहरु छन , त्यहा मैले कहिल्यै बुवा-आमाको अभावको आभाष गरेकी छैन | मेरो बाबले मलाई साह्रै माया गर्नुहुन्थ्यो | मेरो तोते बोली फुट्दा , अनी मेरो मुखबाट पहिलोपटक “बाबा ” ,”आमा” सुन्दा उहाहरु जती खुशी यो सन्सारमा अरु को भए होलान ? मैले टुकुटुकु हिड्दा , मेरो दातहरु पलाउदा , मेरो कपाल लामो हुँदा कत्ती खुशी हुनु भएको थियो रे उहाहरु |

दिन वित्दै गयो , म विधालय जाने भए | त्यो दिन अरु लाइनमा गएपनी लाइनको सबैभन्दा अगाडि मलाई बाबाले बोकेर लानु भएको रहेछ , त्यती बेला फोटो पनि खिचिएको रहेछ । पछी , फोटो हेरेर पो थाहा पाए , त्यो अवोध सानी केटीको मुहार हेरे , कत्ती खुशी थिए | मलाई विधालय जान पाउनु भन्दा बढी खुशी त शायद मैले बाबाको काख पाएको थिए , फोटोले त्यस्तै भन्छ |

समय गतिशिल छ , दु:ख अनी सुख त समयको चक्र नै हो | मेरो जीवनमा दु:ख त जन्मजात उपहार नै पाएको थिए | तर जीवनमा बाबा अनी आमाको साथ पनि उपहार स्वरुप पाएको थिए | पछी बाबाहरुको साथमा खुशी नै थिए | हामी त्यहा २२ जना थियौ । सबैभन्दा सानी थिए म , त्यसैले पनि सबैले माया गर्थे मलाई | त्यत्रो , जनालाई खुवाउनुपर्ने , त्यत्रो जनालाई लगाउनुपर्ने , त्यतिका  जनालाई पढाउनुपर्ने !! कम्ती तनाव् हुन्थ्यो होला !! हामीलाई खाना ल्याउने साहुजिले उधारो पनि दिनुहुन्थ्यो | मलाई अझै याद छ , एकपटक खानेकुरा केही थिएन | साहुजि उधारो धेरै भएकाले बाबा सँग रिसाएका थिए | साहुजिले बाबालाई पैसा तिर्न चर्को गरी कराइरहेका थिए | बाबाले हातको औठी फुकालेर , आज एकदिनका लागि भएपनी यिनको पेट भरिदिनुपर्नेछ , बरु यो राख्नुस् , भोली त जसरी पनि मिलाउला |

अरु पनि म जस्ताइ थिए , कोही म जस्ताइ झाडिमा फ्याकिएका , कोही अस्पतालमै छाडिएका , कसैले आमा-बुवा गुमाएका । हामी २२ जनाकै आ-आफ्नै कथा थियो । तर हामी समय सँग यती अभ्यसत थियौ कि हामीले कहिल्यै हाम्रो बुवाको कमिको आभाष गरेनौ |

बाबासँगै आमाको त्याग पनि कम्ती छैन | आफ्न छोरा छोरी र हामीमा केही फरक गर्नुभएन |

एकपटक मलाई निमोनियाले साह्रै सतायो | राती नै मलाई अस्पताल् लगियो | मेरो बाबाले चिन्ता लिनुभएको थियो । मलाई त्यतिबेला धेरै खर्च लाग्यौ तर खर्च सँग सम्झौता भएन | मलाई बुवाले बचाउनुभयो |

मेरो बाबा संसारकै सबैभन्दा ठुलो मन भएको मान्छे हुनुहुन्छ , जहाँ म जस्ता अरु धेरै अटाएका छौ | बाबाको त्यो काख धेरै प्यारो छ , जुन काखमा म जस्ता टुहुराहरु लुटपुटिएका छन | बाबाका ति कर्मा गर्ने हातहरु भगवानका हातभन्दा कमी छैनन जसले टुहुराको आशु पनि पुछ्यो म् हामीलाई खुवायो , हुर्कायो | बाबाले शिक्षाको प्रकाशले हाम्रो जीवनमा उज्यालो थप्ने काम पनि गर्नुभएको छ | हामीलाई नैतीकअताको पाठ सिकाउनुभएको छ | परिश्रम् गर्न सिकाउनुभएको छ | सबैभन्दा ठुलो त , उहाको जस्तो फराकिलो मन गरेर ज्युने आट गर्नु छ |

भाईबरमा कल गरे , लामो कुराकानी भयो | भावनाले खुशीका आशु बहे | यस्ता कुराहरु सव्दमा लेख्न सजिलै हुन्छन यद्दपी त्यो पर्याप्त हुँदैनन तर अह!! बाबाको अगाडि बाबाको महानता जती नै गाए पनि साच्चै कमी नै हुन्छ | धेरै धेरै माया हजुरलाई , बाबा ! हजुरको माया र साथबाट यो छोरीले तपाईंको  विश्वास , भरोशामा कहिल्यै चोट पुर्याउने छैन , तपाईंको शिर ठाडो राखिराख्न सधैं प्रयाशरत् रहनेछु बाबा | ताकी , म जस्तै अरु कोही छोरी झाडिमा नफ्याकिउन र फ्याकिएपनी हजुरजस्तै बाबाको न्यानो काखको स्पर्श मिलोस | मिस यु बाबा |

(सम्पूर्ण बाल गृहका बुवाहरु प्रती स-सम्मान समर्पित )    

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर